महिला उद्यमीहरूको हाैसला बढाउन सञ्चिता चौतारोमा


काठमाडाैँ । नायिका सञ्चिता लुइटेल बुधबार दिउँसो गोठाटारको एउटा बुटिकमा देखा परिन् । काठमाडाैँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ स्थित तेज विनायक चोक नजिकै खुलेको पिपल चौतारो बुटिकको उद्घाटनका गर्नका लागि सञ्चिता त्यहाँ पुगेकी थिइन् ।

उक्त बुटिकमा सिधै भारतबाट आयात गरिने महिलनका वस्त्रहरू कुर्ता, सारी, लेहेङ्गा लगायतका पहिरन सुलभ मुल्यमा उपलब्ध गराइने संचालकहरूले जानकारी दिएका छन् । उक्त बुटिक महिला उद्यमी मनु सेनी दाहाल र एकता अग्रवालले संयुक्त रुपमा संचालनमा ल्याएका हुन् ।

नायिका सञ्चिताले बुटिकको उद्घाटन गर्दै सफलताको शुभकामना व्यक्त गरेकी थिइन् । त्यस्तै, दर्जनाै नेपाली चलचित्रमा अभिनय गरिसकेकी नायिकाको उपस्थितिले आफुलाई उत्साहीत बनाएको संचालकहरुले बताएका छन् । उनीहरूले बुटिकबाट अनलाइन कारोबार समेत सञ्चालन गर्ने तयारी भएको जानकारी दिएका छन् ।

बुटिक उद्घाटनको अवसरमा संचालकहरुले नायिका लुइटेललाई मायाको चिनो पनि हस्तान्तरण गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?