शाहरुख खानले भने, ‘मुश्किलले एक्सन हिरो बनेको छु’


माघ २९, एजेन्सी। बलिउडका बादशाह शाहरुख खानले मुश्किलले एक्सन हिरो बनेको बताएका छन्।

बलिउडमा शाहरुखको पठानले धुम मचाईरहेको बेला यस्तो प्रतिक्रिया दिएका हुन। उनले भनेका छन, ‘अरे यार मुश्किलले एक्सन हिरो बनेको छु, तिमी अझै राज (दिलवाले दुल्हनीया ले जाएंगेको हिरो) जस्तै होस भन्ने चाहान्छौ, राज त सबैको घरमा छ।’

शाहरुख खानका पठानले हिन्दी सिनेमामा अहिलेसम्म झन्डै ९०० करोडको व्यापार गरिसकेको छ। छोटो समयमा यति धेरै रकम संकलन गर्ने रेकर्ड कायम गरेको यशराज फिल्मले जनाउँदै आएको छ।

यसैबिच, शाहरुख खानले अभिनय गरेको दिलवाले दुल्हनिया ले जायंगेलाई पुन: सिनेमा हलमा उतारको छ। भ्यालेन्टाइनको अवसरमा उक्त सिनेमालाई पुन: दर्शक माझ ल्याएको हो। अहिले भारतका ३७ वटा सिनेमा हलमा सो चलचित्र प्रदर्शन भईरहेका छन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?