एमएनटीभीको आयोजनामा मेलबर्नको फुटस्क्रे पार्कमा होली विशेष कार्यक्रम हुँदै


चैत ७, मेलबर्न अष्ट्रेलिया । रंगहरुको पर्व होलीको अवसरमा माई नेपाल टेलिभिजन (एमएनटीभी)ले होली विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। मार्च २३ तारिख मेलबर्नको फुटस्क्रे पार्कमा होली विशेष कार्यक्रम आयोजना गर्न लागेको हो। 

स्थानीय कलाकारको विशेष प्रस्तुति रहने कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ। विदेशी भूमीमा नेपाली कला संस्कृतिको प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। उक्त कार्यक्रमको मुख्य आकर्षकको रूपमा डिजे शैलेस रहेको छ। होली विशेष कार्यक्रमलाई रोयल ग्रिनहिल इन्स्टिच्युट अफ टेक्नोलोजी (आरजीआइटी), अल्टिमेट इन्स्टिच्युट अफ अष्ट्रेलिया (युआईए) र इभोल्भ एजुकेसन एण्ड माइग्रेसनले साथ दिएका छन्।

फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ। तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरे पनि भोलिपल्ट (प्रतिपदाको दिन) होली मनाउने चलन छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?