वेष्ट इण्डिज ‘ए’ले टस जितेर ब्याटिङ रोज्यो,नेपालले फिल्डिङ गर्दै


वैशाख १६, काठमाडौं । मैत्रिपूर्ण टी–२० को दोस्रो श्रृङ्खलामा वेष्ट इण्डिज ‘ए’ले टस जितेर ब्याटिङ रोजेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले फिल्डिङ गरिरहेको हो।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी सुरुआत गरेको थियो। ट्वान्टी–२०विश्वकपको तयारीका लागि आयोजित श्रृङ्खलामकोतेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुने क्यानको तालिका छ ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपालमा दुई टोलीबिचमा पाँचवटा अभ्यास खेल भैरहेको हो ।

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदैछ। आगामी आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ समुहबाट खेल्दै छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?