स्वास्थ्य सामग्री लिएर कालिकोटको रास्कोट पुगे पल शाह


काठमाडाैँ । नेपालका चर्चित कलाकार पल शाह कोरोना भाइरसको महामारी सुरू भएदेखि नै अहाय र दुःखीलाई सहयोग गर्न लागि परेका छन् ।

कोरोना भाइरसको दोश्रो लहर सुरू भएपछि अक्सिजन अभाव भएको अवस्थामा उनी अक्सिजन सिलिण्डर बाड्न लागिपरे । अहिले अक्सिजन सहज भइसकेको छ ।

तर, पल शाह भने विभिन्न स्वास्थ्य सामग्री बोकेर दुर्गम जिल्लाहरूमा पुगेका छन् । यसैबिच पल शाह अहिले कालिकोट जिल्लाको रास्कोट पुगेका छन् । स्वास्थ्य सामग्री सहितको टोली लिएर पल त्यहाँ पुगेका हुन् ।

यसभन्दा अघि उनले मान्मामा स्वास्थ्य सामग्रीहरू वितरण गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?