साउण्ड मिक्सिङ एण्ड आउटस्ट्याण्डिङ प्रोडक्ट अवार्डका लागि ‘सेल्फी किङ्ग’ मनोनयनमा


काठमाडाैँ । नेपाली फिल्म ‘सेल्फी किङ्ग’ अन्तर्राष्ट्रिय प्रतिष्ठित अवार्डका लागि मनोनयनमा परेको छ । उक्त फिल्म सिनेमा अडियो सोसाइटीको अवार्डका लागि मनोनयनमा परेको हो ।

सेल्फी किङ्ग साउण्ड मिक्सिङ एण्ड आउटस्ट्याण्डिङ प्रोडक्ट अन्तर्गत मनोनयनमा परेको हो । उक्त फिल्मको साउण्ड डिजाइन उत्तम न्याैपानेले गरेका हुन् ।

सेल्फी किङ्गले उक्त अवार्डका लागि टेनेट, मुलान, साउण्ड अफ मेटल तथा एक्ट्र्याक्सन लगायतका फिल्महरूसँग प्रतिष्पर्धा गर्नेछ ।

‘सेल्फी किङ्ग’ अभिनेता विपिन कार्कीले हाँस्यकलाकारको भूमिका निर्वाह गरेको फिल्म हो । विशाल सापकोटाको निर्देशन रहेको फिल्म एउटा हाँस्य कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नु परेका समस्या र उसको बाध्यताकोमा आधारित रहेर निर्माण गरिएको छ ।

दिनेश राउत र शुभाष थापाको लगानी रहेको फिल्ममा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?