अक्षय कुमारको फिल्म बेल बटमको छायांकन पूरा, फिल्मको प्रदर्शन २ अप्रिलमा !


बलिउडमा कोरोनाभाइरस संक्रमण महामारीकै बीच फिल्मको छायांकन शुरु गरी सम्पन्न गरिएको छ । अक्षय कुमारको फिल्म बेल बटम ले छायांकन पूरा गरेको हो । यससँगै फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको छ ।

पछिल्लो समय यो फिल्मका कलाकार र निर्माण टोली बेलायत गएको थियो । त्यहाँ अगस्टदेखि सेप्टेम्बरको बीचमा छायांकन गरिएको थियो । महामारीको दौरान काम पूरा गर्नेमा अक्षयको यो फिल्मका साथै हलिउडका फिल्म टम क्रूजको मिसन इम्पोसिबल र ुजुरासिक पार्क डोमिनियन पनि पर्छन्। 

फिल्मको प्रदर्शन २ अप्रिल २०२१ मा हुने तय गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?