रोचक प्रेम कहानीः एमबिबिएस डाक्टरले अस्पतालमै सरसफाइ गर्ने युवकसँग गरिन् बिहे


भदौ २५, काठमाडौँ । एमबिबिएस डाक्टरले सरसफाई कर्मचारी र चिया बनाउने व्यक्तिसँग विवाह गरेकी छन्। यो असाधारण पाकिस्तानी जोडीको कथा अहिले भाइरल भइरहेको छ।

महिला डाक्टर किश्वर साहिबाले सोही अस्पतालका हाउसकीपिङ स्टाफ शहजादलाई विवाहको प्रस्ताव राखिन्। शहजाद सरसफाईको अलावा बेलाबेलामा चिया बनाउने काम समेत गरिरहेका हुन्थे।

‘मेरा पाकिस्तान’ युट्युब च्यानलमा दुवैले आफ्नो विशेष प्रेमकथा सेयर गरेका छन्। हरिश भट्टीले दम्पतीसँग आफ्नो प्रेम जीवनको बारेमा कुरा गरेका छन्।

ती जोडी ओकारा तहसीलको पाकिस्तानी सहर दिपालपुरमा बस्छन्। उनीहरूले आफ्नै युट्युब अकाउन्टमा दैनिक गतिविधिहरूको भिडियोहरू पनि पोस्ट समेत गरिरहेका छन्।

युट्युब भिडियोमा शहजादले यस्तो घटनाको सम्भावनाबारे आफूले कहिल्यै पनि नसोचेको बताएका छन्। किश्वरले पनि शहजादको व्यक्तित्वकोप्रशंसा गरेकी थिइन्।

उनी पहिलो नजरमा चिया बनाउने वा क्लिनर जस्तो नदेखिएको किश्वरले बताइन्। शहजादको व्यक्तित्वले गर्दा किश्वरले गुमाउन नचाहेको र विवाहको प्रस्ताव राखेको बताइन्। किश्वरका अनुसार उनले आफ्नो जीवनको सबैभन्दा ठूलो निर्णय एकै दिनमा गरिन्।

यो विवाहका लागि भाग्य नै कारक रहेको शहजादले बताए। ुउनले मलाई बिहे गर्न आग्रह गरिन्।ु शहजादले भने।

शहजादले आफूले कोठा सफा गर्ने र तीन डाक्टरको कार्यालयमा चिया खुवाउने गरेको बताए। एक दिन किश्वरले आफ्नो फोन नम्बर मागेको र आफू वरपर नभएको बेला फोन गर्ने बताएकी थिइन्। त्यसैले शहजादले आफ्नो फोन नम्बर दिए। यहाँबाट उनीहरूको प्रेम कहानी सुरू भएको उनी बताउँछन्।

केही दिनपछि नै किश्वरले विवाहको प्रस्ताव राख्दा शहजाद अचम्मित भएका थिए। उनले यो प्रस्तावलाई मजाक भएको ठानेका थिए। भिडियोमा शहजादले प्रस्ताव सुनेपछि आफूलाई ज्वरो आएको खुलासा गरेका छन्। तर पछि उनी किश्वरलाई भेट्न गए।

शहजादका अनुसार विवाहपछि किश्वरले आफ्ना साथीहरूको व्यंग्य सहनु पर्ने भएकाले अस्पतालको जागिर छोडेकी थिइन्। अब उनीहरूले त्यतै वरपर क्लिनिक खोल्ने तयारी गरिरहेका छन्।

अहिले यो दम्पतीले युट्युब च्यानल चलाइरहेका छन्। त्यहाँ उनीहरू आफ्नो जीवनको हरेक क्षण सेयर गर्छन्। दिनदिनै उनीहरूका सब्स्क्राइबर समेत बढिरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?