अष्ट्रेलिया आइपुगे पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा


चैत १३, मेलबर्न, अष्ट्रेलिया। पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिशेल अष्ट्रेलिया आइपुगेका छन्। उनीहरूको एक भाषण समारोहका लागि अष्ट्रेलिया आइपुगेका हुन्।

दुवै जना व्यक्तिगत सुरक्षा सहितको एक निजी जेटमा हिजो राति सिड्नी उडेका थिए। ओबामा ‘एन इभिनिङ विथ विथ प्रेसिडेन्ट ओबामा’ कार्यक्रमका लागि अष्ट्रेलिया आएका हुन्।

अष्ट्रेलियाका मानिसहरूले एक लोकप्रिय कार्यक्रमको लागि नियमित सिटको लागि लगभग २०० डलर र सबैभन्दा महँगो ८९५ डलरमा टिकट काटिरहेका छन्।

ओबामाको पहिलो कार्यक्रम मंगलबार सिड्नीमा हुनेछ। त्यसपछि उनी दोश्रो कार्यक्रमका लागि प्राइभेट जेटमा मेलबर्न प्रस्थान गर्नेछन्।

यो जोडी प्रायः सार्वजनिक रूपमा देखा पर्दैन र हालसालै सँगै देखिएका छैनन्।

ओबामा दम्पति सिड्नीमा हिजो साँझ ७: ३० बजे आफ्नो जेटबाट अवतरण गर्दै गरेका देखिएका थिए। उनीहरू तत्काल कारमा विमानस्थलबाट निस्किएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?