न्यु साउथ वेल्समा १५१ जनामा कोरोना संक्रमण, थप २ जनाको मृत्यु

मेलबर्न, अष्ट्रेलिया । न्यु साउथ वेल्समा १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्यु साउथ वेल्सको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका १४५ स्थानीय र ६ बाहिरी केसहरू पत्ता लागेका हुन् ।

पछिल्लो २४ घण्टामा ९८ हजार १५८ जनाको स्वाब परीक्षण गर्दा १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको छ ।

न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म न्यु साउथ वेल्समा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ पुगेको प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।

त्यसैगरी २४ घण्टाको अवधिमा भिक्टोरियामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये १ जना बाहिरको र ११ जना स्थानीय भएको स्वाथ्य विभागले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?