राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजिनामा दिने

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजिनामा दिने भएका छन् ।

उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफुँले राजिनामा दिन लागेको जानकारी गराएका छन् ।

‘प्रिय नेपाली समर्थकहरू… म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु । अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ?’ उनले फेसबुकमा लेखेका छन् ।

अल्मुताइरीको प्रशिक्षकत्वमा नेपालले ४ वटा अन्तरराष्ट्रिय खेलहरू खेलेको छ ।

ती मध्ये चाइनिज ताइपेविरूद्ध २–० गोल अन्तरको जीत निकालेको नेपाल अष्ट्रेलिया, इराक र कुवेतसँग भने पराजित भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?