टोकियो ओलम्पिकमा अष्ट्रेलियाले जित्यो पहिलो स्वर्ण पदक

काठमाडाैँ । टोकियो ओलम्पिकमा अष्ट्रेलियाले पहिलो स्वर्ण पदक जितेको छ । अाइतबार बिहान भएको खेलमा अष्ट्रेलियाले पाैडिमार्फत जारी ओलम्पिकमा पहिलो स्वर्ण जितेको हो ।

अष्ट्रेलियाका महिला पाैडी खेलाडी ब्रोन्ट क्याप्बेल, इम्मा म्याक्केयन र केट क्याम्पबेलले ४०० मिटर रिलेमा अष्ट्रेलियामा लागि पहिलो स्वर्ण पदक जिताएका हुन् ।

जारी ओलम्पिकमा अष्ट्रेलियाले १ स्वर्ण, १ रजत र १ कास्य गरी तीन पदक जितिसकेको छ ।

यसभन्दा अघि ब्रेन्डन स्मिथ र ज्याक म्यालुग्लिनले अष्ट्रेलियाका लागि मेडल दिलाएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?