न्यु साउथ वेल्समा १४१ जनामा कोरोना संक्रमण, २ जना महिलाको मृत्यु

मेलबर्न, अष्ट्रेलिया । न्यु साउथवेल्समा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बिहान प्रिमियर ग्लाडिस बेरिजिक्लियनले प्रस ब्रिफिङमा १४१ स्थानीय कोरोना संक्रमणहरू फेला परेका हुन् ।

पछिल्लो २४ घण्टामा ९४ हजार स्वाबको कोरोना परीक्षण गरिएको समेत जानकारी दिइएको छ । यो संख्या अहिलेसम्म कै धेरै हो ।

स्वास्थ्य अधिकारीहरूले कार्यस्थल र पसलहरूबाट कोरोना तीव्र गतिमा फैलिइरहेको बताएका छन् ।

शनिबार न्यु साउथ वेल्समा अहिलेसम्म कै धेरै १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको समेत जानकारी दिइएको छ । मृत्यु हुनेमध्ये सिड्नीकी ३० वर्षीया महिलामा कोरोना संक्रमणबाहेक अरू कुनै स्वास्थ्य समस्या नभएको प्रिमियर बेरिजिक्लियनले जानकारी दिएकी छन् ।

त्यसैगरी, कोरोना संक्रमणबाट मृत्यु हुने अर्की महिला ७० वर्षकी भएको बताइएको छ ।

क्विन्सल्याण्डमा भने पछिल्लो २४ घण्टामा स्थानीय कोरोना संक्रमण भेटिएका छैनन् । तर, पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती सबै बाहिर आएका व्यक्तिहरू भएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?