टोकियो ओलम्पिकमा दक्षिण कोरियाले आर्चरीमा जित्यो पहिलो स्वर्ण

एजेन्सी । जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ । शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिस्पर्धिलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् ।

प्रतियोगितामा ५—३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो । नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?