टोकियो ओलम्पिकमा भारतले जित्यो पहिलो पदक

एजेन्सी । टोकियो ओलम्पिकमा भारतले पहिलो पदक जितेको छ । भारतकी भारोत्तोलन खेलाडी मीराबाई चानूले टोकियो ओलम्पिकमा भारतलाई पहिलो मेडल दिलाएकी हुन् ।

भारोत्तोलनमा मेडल प्राप्त गर्ने उनी पहिलो भारतीय खेलाडी पनि भएकी छन् ।

चानूले ४९ किलोग्राम तौल समूहमा पदक जितिन् । यही खेलमा चीनकी होऊ जुहुईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले कास्य पदक जिते ।

चानूले २१० किलोग्राम तौल उचालेर पदक जित्न सफल रहिन् ।

चानूले ओलम्पिकमा पदक जितेपछि भातेरतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति रामनाथ कोविन्दले उनलाई बधाई दिएकी छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?