भिक्टोरियामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बिहीबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भिक्टोरियामा पुष्टि भएका ती सबै संख्या लोकल भएको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

भिक्टोरियाको स्वाथ्य विभागले बिहीबार बिहीबारक फेला परेका कोरोना संक्रमितका केसहरू न्यु साउथ वेल्ससँग जोडिएको उल्लेख गरेको छ ।

स्वास्थ्य विभागले २६ मध्ये २४ जना कोरोना संक्रमित क्वारेन्टाइनमा भएको पनि जानकारी दिएको छ । विभागले अहिले भिक्टोरियामा कोरोना संक्रमण ९२ प्रतिशतले बढेको जानकारी दिएको छ ।

भिक्टोरियाका स्वास्थ्यमन्त्री मार्टिन फोलीले भिक्टोरियामा कोरोना संक्रमण बढेको भएता पनि प्रभावकारी भएको बताएका छन् । उनले लकडाउनका कारण कन्ट्याक्ट ट्रेसिङको काम सहज भएको पनि उल्लेख गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?