अष्ट्रेलियाका सबैभन्दा जेठा व्यक्तिको १११ वर्षको उमेरमा निधन

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका सबैभन्दा जेठा व्यक्तिको निधन भएको छ । १ सय ११ वर्ष र १८८ दिनको उमेरमा डेक्स्टर क्रुगरको मंगलबार निधन भएको हो ।

उनी सन् १९१० मा किलकोइमा जन्मिएका थिए । लेखन कार्यमा समेत संलग्न भएका उनी पेशाले भेटेनरी सर्जन थिए । उनी २ महिनाअघि अष्ट्रेलियाका सबैभन्दा जेठा व्यक्ति घोषित भएका थिए ।

मंगलबार बिहान साउथवेस्ट क्विन्सल्याण्डको रोमामा उनको निधन भएको हो ।

क्रुगरले मे १७ मा १११ वर्ष १२४ दिन पार गरेपछि अष्ट्रेलियाको सबैभन्दा जेठा व्यक्ति भएका थिए । उनी प्रथम विश्वयुद्ध देखेका व्यक्ति ज्याक लकेटभन्दा धेरै बाँचेका थिए ।

उनले केही समयअघि प्रतिदिन धेरै प्राउन खाँदा आँफू धेरै समय बाँचेको भन्ने अभिव्यक्ति दिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?