भिक्टोरियामा एक साता थपियो लकडाउन

भिक्टोरिया, अष्ट्रेलिया । भिक्टोरिया र साउथ अष्ट्रेलियामा घोषणा गरिएको लकडाउनको अवधि पुनः थपिएको छ । न्यु साउथवेल्समा अहिले नै लकडाउनको अन्त्य नहुने देखिएपछि भिक्टोरियामा पनि पुनः एक हप्ता लकडाउन थपिएको हो ।

भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्र्युले मंगलबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले अहिले नै लकडाउन अन्त्य गर्ने अवस्था नभएको पनि बताएका छन् ।

साउथ अष्ट्रेलियाले मंगलबार साँझ ६ बजेबाट लकडाउन लागु हुने घोषणा गरेको छ । त्यस्तै, भिक्टोरियाको लकडाउन भने जुलाइ २७ तारिखको मध्यरातसम्म लागु हुनेछ ।

अहिले अष्ट्रेलियाभर करीब १ करोड ३० लाख मानिसहरू लकडाउनमा परेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?