नेपाल महोत्सवलाई एम एन टिभि ले प्रत्यक्ष प्रसारण गर्दै


३० हजार भन्दा वढि दर्शकलाई प्रत्यक्ष शहभागीता गराउने लक्ष राखिएको नेपाल महोत्सव लाई एम एन टि भि ले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
एम एन टि भिको यो प्रत्यक्ष प्रसारणको लाभ उठाउंदै संसार भर रहेका नेपालीहरूले घरमै वसि-वसि आ-आफ्नो टेलिभिजन सेट वा कम्प्युटर मार्फत यो मेलाको अवलोकन गर्न सक्नेछन्। एम एन टि भि को यो प्रत्यक्ष प्रसारणलाई यसको अनलाइन प्रसारण www.mntv.com.au वा विभिन्न आइ पि टि भि मार्फत हेर्न सकिने छ। स्मरणिय छ , अस्ट्रेलियाको पहिलो टेलिभिजन एम एन टि भि एम एन टि भि ले यस अघि गैर आवसिय नेपाली संघ (एन आर एन ) को क्षेत्रिय सम्मेलन लाई प्रत्यक्ष प्रसारण गरि सो सम्मेलन विश्वभरका नेपालीहरूको पहुंच बन्न सकेको थियो । यस्तै नेपाल र नेपालीको ब्यापक सरोकार राख्ने सवालका उत्सव वा कार्यक्रमलाई पनि एम एन टिभि ले विषेश प्राथमिकता दिंन्दै आएको छ।

हरेक २ वर्षमा अस्ट्रेलियामा आयोजना गरिने नेपाल महोत्सव आगामि सेप्टेम्वर महिनाको छ तारिखका दिन सम्पन्न गर्ने तयारी भएको छ । नेपाली दुतावास गैर आवसिय नेपाली संघ (एन आर एन ) अस्ट्रेलिया , र अस्ट्रेलियामा रहेका विभिन्न नेपाली सामुदायैक सन्थाको पहलमा सो महोत्सवको आयोजना हुन लागेको हो । एन आर एन ले यसको तयारिका लागि विषेष प्रकृया अगाडि बढाएको छ। सिड्निको केन्द्र विन्दु डार्लिङ्ग हार्वरको तुम्बालोङ पार्कमा आयोजना हुने सो नेपाल महोत्सबमा बढी भन्दा बढी मात्रामा विदेशिको सहभागीता गराउने आफुहरूले अस्ट्रेलियाका विभिन्न निकाय सँग पहल गरिरहेको आयोजक मध्येका एक भरत देवकोटा बताउनुहुन्छ । कार्यक्रममा विभिन्न नेपाली खानाका स्टल , नेपाली ब्यवसायका प्रचार सामाग्री, नेपाल चिनारीका सामग्रि ,गित तथा सांस्कृतिक प्रदर्शनि हुने जनाइएको छ। सो अवसरमा नेपाल बाट निम्त्याइएका अनिल सिंह , निमा रुम्वा ,शिरिश देवकोटा लगायतका चर्चित कलाकारहरूले आ-आफ्ना प्रतिभा प्रदर्शन गर्ने भएका छन्। २० औ हजार नेपालीहरूको उप

स्थिति रहने सो अवसरमा नेपाली पहिचान र सँस्कृतिको विश्वका विभिन्न समुदाय विच प्रवर्द्दन हुन सक्ने एन आर एन ए कासंस्थापक अद्यक्ष मन के सि बताउनुहुन्छ ।
विभिन्न समिति र उप समिति गठन गरि कार्य विभाजन गरिएकाले विगत भन्दा यस पटकको नेपाल महोत्सव विसेष महत्वको रहने एन आर एन ए अध्यक्ष महेन्द्र वलि बताउंनुहुन्छ । कलाकार को अडिसन ,स्वयमसेवक छनौट, प्रायोजक तथा आयोजक को ब्यवस्थापन लगायतका सबै कार्य पुरा भएको आयोजक हरूले जनाएका छन्। नेपाल महोत्सव अस्ट्रेलियामा नेपालीहरूको पहिचान बनिसकेको छ। नेपाल वाहिर नेपालीहरूले आयोजना गर्ने सबैभन्दा विशाल महोत्सवमहरू मध्ये अस्ट्रेलियाको नेपाल महोत्सव पनि एक पर्न आउंछ जहाँं ३० हजार दर्शकहरूको उपस्थिति रहने अपेक्ष्या गरिएको छ । यो महोत्सव सिड्निको अलावा अन्य स्टेट हरूमा समेत हुंदै आएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]