गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले शुक्रवार विश्वासको मत लिने !

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले (शुक्रवार) असार ४ गते विश्वासको मत लिने भएका छन् । जेठ २९ गते संविधानको धारा १६८९५० बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले असार ४ गते विश्वासको मत लिन लागेका हुन् ।

शुक्रवार नै मन्त्रालयहरुको जिम्मेवारी दिने र प्रदेश सभामा बजेट छलफल अघि बढाउन लागेको स्रोतले जनाएको छ । त्यसका लागि प्रदेश सभा सचिवालयमा सूचना दर्ता समेत भइसकेको बताइएको छ ।

उनी कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चासहित एक स्वतन्त्र सांसदसहित ३१ जनाको बहुमतले मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनामा विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार उनले शुक्रवार विश्वासको मत प्राप्त गर्न खोजेका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?