देशभर २८२८ जनामा कोरोना संक्रमण, ३ हजारभन्दा बढी संक्रमण मुक्त

काठमाडाैँ । आइतबार मुलुकभर थप २८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार देशभर ३ हजार ८२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ५२ जनाको मृत्यु समेत भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?