नेपाली समाज नर्दन तास्मानियाको अभिभावक भेला सम्पन्न

होबार्ट, तास्मानिया ।

नेपाली सोसाईटी अफ नर्दन तास्मानियाले अभिभावक भ्रमण तथा भेला सम्पन्न गरेको छ । कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष हृदय दाहालका अनुसार कार्यक्रममा नेपालबाट विभिन्न समयमा अष्ट्रेलिया आउनुभएका करिब अभिभावक सहित ३५ जनाको सहभागिता थियो ।

लन्चेष्टनको मोब्रेबाट सुरु भएको यात्रा व्यूटी प्वाईन्टस पुगेर सकिएको थियो । पिकनिकमा सहभागी भएका अभिभावकहरुले विदेशी भूमिमा पनि आफ्नै स्वदेशको जस्तो अनुभूति भएको भन्दै आयोजकलाई धन्यवाद दिएको संस्थाका सचिव प्रेम भट्टराईले एमएनटीभीलाई बताए ।

उक्त अवसरमा नेपाली परिकारका साथमा आफ्नै परिवेशमा रमाउन पाएकोमा अभिभावकहरु खुशी देखिन्थे । नेपाली सोसाईटी अफ नर्दन तास्मानियाले अभिभावकको स्वागत, सम्मान र भ्रमणको कार्यक्रमलाई विगतमा झैं आगामी दिनमा पनि निरन्तरता दिने पब्लिक रिलेसन अफिसर सन्तोष आचार्यले बताए ।

संस्थाका अध्यक्ष नवराज मुडभरीले कार्यक्रम सफलतापुर्वक सम्पनन भएकोमा यसमा सहभागी सबै पदाधिकारीलाई धन्यवाद दिएका छन् ।

संस्थाले लन्चेष्टनमा नेपाली भाषा विद्यालयको सञ्चालन गरिरहेको छ भने नेपालका विभिन्न चाडपर्वको अवसरमा समेत सहभागितामूलक कार्यक्रम आयोजना गर्दछ ।

कार्यक्रमका केही तस्वीरहरु

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?