अष्ट्रेलियाको भिक्टोरियामा पाँच नयाँ कोरोना संक्रमित भेटिए

मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आगामी शुक्रबार लकडाउनको अवधिमा लगाइएको २५ किलोमिटर बाहेकको यात्रा प्रतिबन्धलाई हटाउने घोषणाको पूर्वसन्ध्यामा थप पाँच नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

मंगलबार गरिएको १७ हजार ५ सय ३८ परीक्षणमा पाँच नयाँ कोरोना संक्रमण समूदायस्तरमा र तीन अन्तर्राष्ट्रिय यात्रीमा संक्रमण फेला परेका हो । यो अवधिमा १४ हजार ८ सय ७० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने यससँगै ५५ सक्रिय संक्रमित राज्यमा रहेको स्वास्थ्य विभागले जनाएको छ । यीमध्ये तीनजना वर्तमान कोरोना संक्रमणकै हिस्सा भएको पनि उनीहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?