मंगलबार सिड्नीमा एक्सपर्टको शैक्षिक प्रदर्शनी, २० कलेज, युनिभर्सिटी सहभागी हुने

सिड्नी, अष्ट्रेलिया ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले मंगलबार १५ जुनमा सिड्नी सिटीमा अवस्थित आफ्नो कार्यालयमा शैक्षिक प्रदर्शनी आयोजना गर्ने भएको छ । २० भन्दा बढी विश्वविद्यालय र कलेजहरुको सहभागितामा गर्न लागिएको कार्यक्रममा २ सय जना विद्यार्थी सहभागी हुन सक्नेछन् । करिब डेढ वर्षदेखि कोरोना महामारीका कारण प्रत्यक्ष प्रदर्शनीको अवसर नमिलेपछि यस पटक प्रत्यक्ष सेवाग्राहीसँग सम्वादको अवसर जुरेको हो ।

कार्यक्रममा मुख्यतः रजिष्ट्रर्ड माईग्रेसन एजेन्टहरुसँग आफ्नो परिस्थितिबारे परामर्श गर्न सकिनेछ भने रिजनल अष्ट्रेलियामा भविष्यको योजनासहित पढाईको अवसरबारे जानकारी गराउने योजना छ ।

यस्तै सहभागी विद्यार्थीहरुले निशुल्क ट्याक्स रिटर्न भौचर प्राप्त गर्नेछन् भने ५ सय डलरको एक्सपर्ट छात्रवृत्ति पनि दिइनेछ । सहभागी विद्यार्थीहरुलाई निःशुल्क दुई घण्टे पिटिई ट्रायल क्लासको सुविधा समेत दिने एक्स्पर्टको योजना छ । कार्यक्रममा सहभागी हुनका लागि दर्ता अनिवार्य गरिएको छ ।

कार्यक्रममा सहभागी हुन यो लिंकमा गई दर्ता गर्न सकिनेछ

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?