निको भए भिक्टोरियाका प्रिमियर एन्ड्रयू, यसै महिनादेखि काममा फर्कने!

मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रयुजले केही साताभित्र आफु काममा फर्कने घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जाल मार्फत एक भिडियो सन्देश दिँदै उनले आफ्नो उपचारमा खटिएका अल्फेड अस्पतालका चिकित्सकहरुलाई धन्यवाद दिएका छन् ।

उनले फुटेको मेरुदण्डको उपचार पछि निको भएको त्यहाँ लगाइएको सहायता हटाउन सकिएको उनले भनेका छन् । तर, भाँचिएका ६ वटा करंगका हड्डी पूर्ववत अवस्थामा आउन अझै केही समय आराम गर्नुपर्ने सल्लाह आफुले पाएको भन्दै उनले आगामी २८ जुनदेखि कार्यालयमा फर्किने जनाएका हुन् ।

उनले अनगिन्ती प्रशंसकहरुले पठाएको सन्देशले आफुलाई थप ऊर्जा दिएको पनि बताएका छन् । उनी गएको मार्च ९ तारिखमा दुर्घटनामा परेका थिए । बिदाका लागि मर्निंगटनमा पुगेका बेला उनी लडेका थिए । यसपछि जेम्स मर्लिनोलाई कार्यवाहक प्रिमियरको जिम्मेवारी दिइएको थियो ।

https://www.facebook.com/DanielAndrewsMP/videos/1124720458037128/?t=0

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?