पत्रकार झा राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७१ बाट पुरस्कृत


???????????????????सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित एक समारोहमा पत्रकार धर्मेन्द्र झालाई राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७१ बाट पुरस्कृत गरिएको छ । पत्रकार झाका साथै पत्रकारत्रय कुसुम केशव पराजुली, तेजप्रकाश पण्डित र मेघराज शर्मालाई वरिष्ठ पत्रकार सम्मान–२०७१ बाट सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल र सचिव सुनिबहादुर मल्लले पुरस्कृत तथा सम्मान गर्नुभएको हो । पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा मन्त्री डा रिजालले भूकम्पपछिको विपत्मा आफ्नो पीडालाई बिर्सेर अहोरात्र खटिइ जनता समक्ष सूचना प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चार माध्यमलाई सहयोग गर्न सरकारले विशेष सहयोगको प्याकेज ल्याउने तयारी गरेको जानकारी गराउनुभयो । मन्त्री रिजालले विपत्मा पनि विश्राम लिन नपाउने पेसा पत्रकारिता क्षेत्रमा पनि भूकम्पबाट क्षति भएकाले सञ्चार मन्त्रालयबाट हुन सक्ने सहयोग मन्त्रालयबाट गरिने र त्यस बाहेकको सहयोग आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने बताउनुभयो । समारोहमा मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले जनतालाई सुसूचित गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा जनमुखी पत्रकारिताको माध्यमबाट मुलुकका लागि महत्वपूर्ण योगदान पु¥याएवापत सरकारले सो पुरस्कार प्रदान गर्दै आएको जानकारी दिनुभयो । सचिव मल्लले पुरस्कृत तथा सम्मानित हुनुभएका सञ्चारकर्मीबाट सिङ्गो राष्ट्र र जनतालाई सूचना प्रवाहमा थप योगदान हुने आशा व्यक्त गर्नुभयो । समारोहमा पुरस्कृत हुने पत्रकार झा तथा सम्मानित हुने पत्रकारत्रय पराजुली, पण्डित, र शर्माले पुरस्कार तथा सम्मानबाट आफूहरूलाई जिम्मेवारी थपिएको महसुस गर्दै आगामी दिनमा थप उत्साहका साथ अघि बढ्ने बताउनुभयो । उहाँहरूले मुलुकको पत्रकारितामा रहेका समस्याका बारेमा चर्चा गर्दै आफूले पुरस्कार तथा सम्मानबाट प्राप्त गर्ने रकममध्ये केही भूकम्प प्रभावित क्षेत्रको पत्रकारिताको सहयोगमा खर्चिने जानकारीसमेत गराउनुभयो । समारोहमा राष्ट्रिय पत्रकार पुरस्कार सिफारिस समितिको तर्फबाट पत्रकार राजेश मिश्र र वरिष्ठ पत्रकार सम्मान सिफारिस समितिका तर्फबाट पत्रकार अनिता विन्दुले छनोट विधिका बारेमा जानकारी गराउँदै आगामी दिनमा गर्नुपर्ने सुधारका लागि सुझाव दिनुभयो । संविधानले प्रत्याभूत गरेको सूचनाको हकलाई कार्यान्वयन गर्ने सन्दर्भमा जनतालाई सुसूचित गर्दै पत्रकारिताको माध्यमबाट मुलुकलाई योगदान पु¥याएवापत सरकारले सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई राष्ट्रिय पत्रकारिता पुरस्कार २०६४ सालदेखि र वरिष्ठ पत्रकार सम्मान २०६६ सालदेखि प्रदान गर्दै आएको छ । दुवै पुरस्कार तथा सम्मानको राशि जनही रु दुई लाख रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]