अन्तर्वस्तुमा सहमति खोज्ने विपक्षी मोर्चाको निष्कर्ष


?????????????????????????????????????????????एकीकृत नेकपा९माओवादी० नेतृत्वको तीस दलीय मोर्चाले राज्य पुनः संरचना र निर्वाचन प्रणालीमा स्पष्ट धारणाका साथ सत्तारुढ दल प्रस्तुत भए सहमतिका लागि आफूहरू पनि तयार हुने निष्कर्ष निकालेको छ । एमाओवादी संसदीय दलको कार्यालयमा भएको मोर्चाको बैठकमा सहभागी विभिन्न दलका नेताले सङ्घीयता र निर्वाचन प्रणालीमा भने विचार पु¥याएर मात्रै सहमति गर्न मोर्चाका संयोजक पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । सहमति र सम्झौताको नाममा विगतदेखि उठाउँदै आएको विषय परित्याग गर्दा जनविश्वास गुम्ने भएकाले त्यसमा विशेष ख्याल गर्न उनीहरुले आग्रह गरेका हुन् । संविधानका आधारभूत विषयमा सहमति नभइकन सरकारमा जाने हतार नगर्न आग्रह गर्दै उनीहरुले सत्तारुढ दलको व्यवहारमा परिवर्तन नआएको बताए । मोर्चामा सहभागी दलका नेताहरुले उठाएको जिज्ञासाको जवाफमा अध्यक्ष दाहालले मुलुकको आवश्यकता र राष्ट्रको चाहनालाई ख्याल गरेर सहमतिका आधारमा संविधान लेखनको प्रक्रियालाई टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले राज्य पुनःसंरचनाको विषय सबैभन्दा जटिल भए पनि छ वा आठ प्रदेशमा सहमति गर्नुपर्ने अवस्था आएको भन्दै त्यसमा सुझाव दिन आग्रह गर्नुभएको थियो । एमाओवादी अध्यक्ष दाहालले निर्वाचन प्रणालीमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक हुने गरी सहमति हुनसक्ने अवस्था आएको पनि जानकारी गराउनुभएको थियो । मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले राज्य पुनः संरचना र निर्वाचन प्रणालीलगायत विषयमा छलफल भएको जानकारी दिँदै अधिकांश दलले मोर्चाले विगतमा प्रस्तुत गरेको दश बुँदे अवधारणालाई नै ‘बटम लाइन’ बनाउन सुझाव दिएको बताउनुभयो । बैठकमा सहभागी सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सङ्घीयता र निर्वाचन प्रणालीको विषयमा ठोस सहमति हुने आधार तयार भएपछि मात्रै सत्तारुढ दलसँग सहमति गर्नुपर्नेमा आफूहरुले जोड दिएको बताउनुभयो । मोर्चाको बैठक शुक्रबार पुनः हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]