लग्जम्बर्गमा जनमत सङ्ग्रहले विदेशीलाई मतदान अधिकार दिनसक्ने


Luxembourgलग्जम्बर्गमा आइतबार विदेशीलाई मतदान अधिकार दिने वा नदिने भन्ने विषयमा जनमत सङ्ग्रह हुने भएको छ । यस मुलुकको कूल जनसङ्ख्यामा करिब आधा विदेशी रहेका छन् र यस मतदानले युरोपेली युनियनलाई असजिलो अवस्थामा पार्ने अनुमान गरिएको छ । पाँच लाख ६५ हजार मतदाता भएको तर सानो धनी मुलुकमा यस जनमत सङ्ग्रहमा मतदान अधिकार १६ वर्ष सम्मका युवालाई दिने वा नदिने र सरकारको अवधि १० वर्षमा झार्ने वा नझार्ने भन्ने विषयमा प्रश्न गरिने भएको छ । यस जनमत सङ्ग्रहको सबैभन्दा महत्वपूर्ण विषय यस मुलुकमा १० वर्षभन्दा बढी बसोबास गर्ने विदेशीलाई मतदान अधिकार दिने वा नदिने भन्ने रहेको छ । यहाँ ठूलो सङ्ख्यामा युरोपेली र त्यसमा पनि पोर्चुगेली नागरिक बसोबास गर्छन् । सन् २०१३ मा वर्तमान युरोपेली आयोगका प्रमुख जाँ क्लड जङ्करलाई प्रतिस्थापन गर्नुभएका ४२ वर्षीय प्रधानमन्त्री जेभियर बेटलले यस जनमत सङ्ग्रहमा यी विषयका पक्षमा अभियान सञ्चालन गर्नुभएको छ । उहाँले यसले मुलुकलाई आधुनिक तथा बढी प्रजातान्त्रिक बनाउने बताउनुभएको छ । उहाँले युरोपेली मुलुक कतै पनि ४० प्रतिशत जनसङ्ख्याले आफ्नो प्रतिनिधि नछान्ने बताउनुभयो । यस निर्वाचनमा दुई लाख ४४ हजार ३८२ मतदाताले प्रस्तावको पक्षमा मतदान गरे लग्जम्बर्ग युरोपेली युनियनमा विदेशीलाई मतदान अधिकार दिने पहिलो मुलुक हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]