कथामै सुनेजस्तो अन्तरीक्ष यानको आज परीक्षण उडान हुँदै


nasaआज अमेरिकाको हवाईको आकाशमा सम्भवतः एउटा नयाँ प्रविधिको परीक्षण हुँदैछ । हो, यो मंगल ग्रहमा पठाउनका लागि तयार पारिएको अन्तरीक्ष यान हो । परीक्षण उडान मंगलबार मे २ तारिखका लागि तोकिएको भएपनि समुद्रमा आएको विभिन्न मौसमी परिवर्तनका कारण बुधबारका लागि तय गरिएको छ । यसलाई उडाईसकेपछि समुद्रमा खसाल्नुपर्ने भएका कारण पनि समुद्रको अवस्थाले असर गरेको हो । तर, यो परीक्षणसँगै मानिसले अर्को ग्रहबाट आउने अन्तरीक्ष यानको कथा अफ्नै आँखाले देख्न पाउनेछन् । परीक्षणका लागि यसलाई ठूला बेलुनको माध्यमबाट जमिनभन्दा माथि उठाइनेछ । करिब ३२ किलोमिटर माथि आकाशमा पुगेपछि यसका ईन्जिनहरु चलाइनेछ । नासाको यस मिसनका व्यवस्थापक मार्क एड्लरले यस सम्पूर्ण घटनालाई चारवटा क्यामेराबाट प्रत्यक्ष देख्न पाइनेछ । उनले भनेका छन्, तपाईंले पनि त्यति नै बेला त्यही नै दृश्य देख्न पाउनु हुनेछ जुन मैले नासाभित्र रहेर देख्नेछु । यो अन्तरीक्ष यानको दोश्रो परीक्षण हो भने अर्को परीक्षण २०१६ मा गरिनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]