भूकम्प पीडित क्षेत्रबाट चिकित्सक लिएर फर्कदा हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु


Mountain-aIr-Helicopter-Crash-4 Mountain-aIr-Helicopter-Crash-6चिकित्सक लिएर काठमाडौं फर्कदै गर्दा सिन्धुपाल्चोकको यमुनाडाँडा गाविस–८ शीलापर्वतमा माउन्टेन एयरको हेलिकप्टर दुर्घटना हुँदा चालकदलका सदस्यसहित चार जनाको मृत्यु भएको छ । माउन्टेन एयरको ‘अल्फा ३५० ९ एनजेपी’ सो हेलिकोप्टर बिजुलीको हाइटेन्सन लाइनमा ठोक्किदा क्याप्टेन सुदेक श्रेष्ठसहित चार जनाको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका नायब महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले बताउनुभयो । हेलिकप्टर दुर्घटनामा डच नागरिक जेनिकको मृत्यु भएको र अन्य दुई जनाको सनाखत हुन सकेको छैन । दुर्घटनाग्रस्त हेलिकप्टरमा आगो लागेको थियो । दुर्घटनामा ज्यान गुमाएकाहरुको शव हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरणले मउन्टेन एयरको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानविन गर्न प्राविधिकको टोली सिन्धुपाल्चोकको यमुनाडाँडा–८  बलेफी पठाएको छ । त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपासुर शेर्पा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित खोज तथा उद्धार समन्वय केन्द्र पुगेर दुर्घटनाबारे जानकारी लिनुका साथै उद्धारमा तत्काल लाग्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]