प्रभावकारी ढङ्गले राहत वितरण हुन नसकेको नेता देउवाको आरोप


Nepals Prime Minister Sher Bahadur Deuba smiles after arriving for the First BIMST EC Summit in Bangkokनेपाल काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपीडितलाई राहत सामग्री वितरणमा सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको आरोप लगाउनु भएको छ । भूकम्प प्रभावित सन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानको आज स्थलगत अनुगमन गर्दै उहाँले पहिलो चरणमा अस्थायी आवास निर्माण गर्न सरकारले राहतस्वरुप प्रदान गर्ने घोषणा गरेको रु १५ हजार अहिलेसम्म प्रदान नगर्दा पीडित झन् निरास भएका बताउनुभयो । उहाँले सिन्धुपाल्चोकका अधिकांश बस्ती जोखिमपूर्ण भएका आफूले पाएको बताउँदैे सरकारले तत्काल भूगर्भविद्को टोली खटाएर कुन वस्ती बस्न ठीक छ कुन छैन भन्ने यकिन गर्नुपर्नेमा जोड दिनुभयो । नेता देउवालाई राहत सामग्री वितरण तथा उद्धारबारे भएका गतिविधिबारे नेपाली सेनाको भीमकाली गणका प्रमुख सेनानी प्रेम हमालले जानकारी गराउनुभएको थियो । भूकम्पको ५० घण्टापछि दुई महिलालाई ज्यूँदै उद्धार गरेको बताउँदै उहाँले सिन्धुपाल्चोकको तीन नम्बर क्षेत्रमा मात्र एक हजार ४६५ जनाको मृत्यु , तीन हजारभन्दा बढी घाइते भएको जानकारी दिनुभयो । स्थानीयवासीले नेता देउवासमक्ष सरकारले दिने भनेको रु १५ हजार रकम अत्यन्त कम भएकाले सो रकम बढाउन माग गरेका थिए । अनुगमन टोलीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे, मनमोहन भट्टराई, पुष्पा भूषाल, चन्द्र भण्डारीलगायत हुनुहुन्थ्यो । नेता देउवा नेतृत्वको टोलीले भूकम्पबाट क्षतिग्रस्त मेलम्ची बजारको अनुगमन पनि गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]