महेश बस्नेतले पाँच दिनमै जिते कोरोना !

काठमाडौँ । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेत कोरोना संक्रमणमुक्त भएका छन् । उनी पाँच दिनमै कोरोना संक्रमणमुक्त भएका हुन् ।

वैशाख २३ गते संसद भवनमा गरिएको परीक्षणबाट बस्नेतमा कोरोना संक्रमण पुष्टी भएको थियो । उनको आज विहान दोस्रो परीक्षणको नेगेटिभ रिपोर्ट आएको उनले बताएका छन् ।

बस्नेत कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका थिए । कोरोनाविरुद्ध भ्याक्सिनको दुवै डोज लगाए पनि बस्नेतलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team