काठमाडौँसहित पहाडी भेगमा बिहानैदेखि वर्षा, कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ । आज काठमाडौँ उपत्यकामा बिहानै देखि हल्का वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली र बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावले मौसम बदली रहने र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहान देशका अधिकांश भू–भागमा सामान्य बदली छ । प्रदेश २, बागमती, गण्डकी र सुदूरपश्चचिमका भू–भागका थेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

दिउँसो पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । यस्तै, प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थेरै स्थानहरु र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team