अक्सिजन प्लान्ट आए पनि प्रयोग भएन, समस्यामा कोरोना संक्रमित !

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयमा दुई हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए ।

दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान गर्ने बायोमेडिक इन्जिनियर नहुँदा थन्किएको शाहीले जानकारी दिए । ड्रागन मेडिटेक प्रालि सुर्खेतले २९ लाख रूपैयाँमा उक्त प्लान्ट खरिदको गरेको थियो । बायोमेडिक इन्जिनियर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रालिले ढिलासुस्ती गरिरहेको निमित्त स्वास्थ्य प्रमुख शाहीले बताए ।

शाहीका अनुसार बारम्बार ताकेता गर्दा पनि आफूहरूसँग बायोमेडिक इन्जिनियर दुईजना रहेकाले सबैतिर भ्याउन नसकेको प्रालिले बताउने गरेको छ ।

हाल कार्यालयमा थन्किएर राखिएको प्लान्टबाट प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने र एकै पटकमा कम्तीमा पनि २५ देखि ३० शय्या पाइपमार्फत् अक्सिजन दिन सकिने डा.मेलिना हमालले जानकारी दिइन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?