नेपालका अस्पताललाई अक्सिजन सिलिण्डर किन्न एक करोड जुटाउँदै एनआरएन अष्ट्रेलिया

मेलबर्न, अष्ट्रेलिया ।

नेपालमा पछिल्लो समय फैलिएको कोभिड १९ कोरोना महामारीका कारण अस्पतालहरुमा अक्सिजनको सिलिण्डर कमी भएपछि हाहाकारको स्थिति बढेको बेला गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले यहाँ रहेका सबै सामूदायिक संघसंस्थाहरुसँग हातेमालो गदै एक लाख १० हजार अष्ट्रेलियन डलर सहयोग जुटाउने लक्ष्यका साथ अभियान सुरु गरेको छ ।

गोफन्डमी मार्फत र आफ्नै च्यारिटी खातामा समेत जम्मा गर्न सकिने गरी व्यवस्था गरिएको एनआरएन अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुंगले एमएनटीभीलाई जानकारी दिए ।

एनआरएन अष्ट्रेलियाले सहयोगका लागि गरेको अपिलमा नेपालमा दैनिक ९ देखि १० हजार मानिसहरुमा कोरोना सरिरहेको र यो अवस्था भारतको भन्दा पनि भयावह रहेका कारण अभियान सुरु गरेको बताइएको छ । नेपालमा प्रति एक लाख मानिसलाई एकजना चिकित्सक पनि नपुगेको तथ्यांक प्रस्तुत गर्दै एनआरएन अष्ट्रेलियाले आगामी दिनमा स्वास्थ्य उपचार नपाएर मर्नेको संख्या बढ्नसक्ने आंकलन गर्दै हालको परिस्थिति भयावह बनेको उल्लेख गरिएको छ । यस्तो अवस्थामा अष्ट्रेलियामा रहेका विभिन्न सामूदायिक संघ संस्थासँग सहकार्य गर्दै अक्सिजन सिलिण्डर खरिद गर्नका लागि र सार्वजनिक अस्पतालहरुमा वितरण गर्ने योजना रहेको पनि एनआरएन अष्ट्रेलियाले जनाएको छ ।

तपाईं पनि यो परोपकारी कार्यमा हातेमालो गर्न चाहनुहुन्छ भने गोफन्डमीमार्फत या एनआरएन अष्ट्रेलियाको निम्न ठेगानामा सहयोग जम्मा गर्न सक्नुहुनेछ । समाचार तयार पार्दासम्म करिब २४ सय डलर सहयोग संकलन भइसकेको छ ।

NRN Australia Charity Account
BSB – 032078
Account – 629083

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team