नेपाल समूहले ओलीलाई दियो भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम !

काठमाडौँ । नेकपा एमालेको नेपाल–खनाल पक्षले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना मागको सुनुवाइका लागि भोलि (सोमबार वैशाख २७ गते) बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।

आज साँझ सिंहदरबारस्थित संसद सचिवालयको हलमा बसेको उक्त समुहको बैठकले भोलि २७ गते विहान ९ बजेभित्रमा सर्वोच्चको फैसलापछि गरिएका निर्णय फिर्ता लिन समय दिएको हो ।

नेपाल पक्षीय करिब २० जना सांसदहरुको बैठकले विवाद समाधानका लागि ओलीलाई भोलि बिहान ९ बजेसम्म पर्खिने नेता योगेश भट्टराईले जानकारी दिए । आफूहरु पार्टीलाई विभाजित गर्न नचाहेकाले नै अन्तिम समयसम्म अध्यक्ष ओलीालई मौका दिएको भट्टराईको भनाई छ ।

सोमबार दिउँसो १ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team