घरायसी विवादमा श्रीमतीको हत्या !

दाङ । दाङमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गढवा गाउँपालिका–२ महदेवाकी ४३ वर्षीया शिला चौधरीको आइतबार बिहान उनकै श्रीमानले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हत्या अभियोगमा ४० वर्षीय धनिराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । धनिरामले घरायसी विवादमा शिलालाई धारिलो हतियार खुडा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् । उपचारको लागि लमही अस्पताल दाङतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको दाङ प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team