राप्रपाका नेता राजेन्द्र लिङ्देनलाई दोस्रोपटक कोरोना संक्रमण !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङ्देनलाई दोस्रो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पाँच महिना अघि पनि उनलाई कोरोना संक्रमण भएको थियो । स्वास्थ्य सामान्य रहेको र झापाको निजी निवासमा आइसोलेसनमा रहेको उनले जानकारी दएका छन ।

झापा ३ बाट निर्वाचित लिङ्देन प्रतिनिधि सभामा राप्रपाका एकमात्र सांसद हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team