बर्दियामा साढे १७ लाख भारतीय रुपैयाँसहित कैलालीका युवक पक्राउ !

बर्दिया । बर्दियामा साढे १७ लाख भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन् । राजापुर नगरपालिका–४ स्थित सतीघाट पुलबाट सशस्त्र प्रहरी बल एपीएफको टोलीले भारतीय रुपैयाँसहित ती युवकलाई पक्राउ गरेको हो ।

कैलालीको टीकापुर नगरपालिका–१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा सवार चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट राजापुरबाट खटिएको एपीएफ टोलीले शंका लागेर जाँच गर्दा उनको साथमा भारतीय रकम फेला परेको थियो ।

उक्त भारतीय रकमको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको एपीएफले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team