देशभर ८८५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैँ । देशभर थप ८८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८५० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ३ लाख ९२ हजार ३४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । पछिल्लो अपडेट सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६८४ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ४०२२ जना कोरोना संक्रमणमुक्त पनि भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team