संवैधानिक परिषद्को बैठक सुरू, प्रधानन्यायाशीश चोलेन्द्र पनि उपस्थित

काठमाडाैँ । संवैधानिक परिषद्को बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिबाट संवैधानिक परिषद्को बैठक सुरू भएको प्रेस सल्लाहकार सूर्ण थापाले जानकारी दिएका छन् ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित भएका छैनन् । सरकारले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताविनै परिषद बैठक बस्न सक्ने गरी संवैधानिक परिषद अध्यादेश ल्याएको छ । जसको कांग्रेसले विरोध गरिरहेको छ ।

संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जवरा उपस्थित भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team