निफः चलचित्रमा अस्वस्थ प्रतिस्पर्धा भएकामा चिन्ता !

काठमाडौँ । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको तेस्रो दिनमा शनिबार चलचित्र निर्माता एवं निर्देशक प्रताप सुव्बाले चलचित्र क्षेत्रका अनुभव सुनाएका छन् ।

परालको आगो, बाँच्न चाहने जस्ता चलेका चलचित्रको निर्माण गरेको सुब्बाले त्यस समयको चलचित्र जगत्को दुःख सुनाए । आफूले त्यस बेलामा सीमित श्रमशक्ति, पूँजी, प्रविधिका अभावका बीचमा पनि धेरै कलाकारको विकास गर्न सफल भएको उनले बताए ।

चलचित्र जगत्बाट पैसा कमाउनुभन्दा पनि विकास र विस्तार गर्ने नै मुख्य उद्देश्य रहेको बताए । पहिले चलचित्रबीच स्वस्थ प्रतिस्पर्धा भएको र राम्रा चलचित्र निर्माण गरिए पनि अचेल अस्वस्थ प्रतिस्पर्धा भई अनावश्यक राजनैतिक हस्तक्षेप हुने गरेको बताए । त्यस बेला नेपाली समाजका मौलिक चलचित्र निर्माण हुने गरेकामा आजकाल विकृति आएकामा उहाँले चिन्ता व्यक्त गरे ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team