अष्ट्र्लियामा देश पुननिर्माणको खाका तयार, आवश्यक परे देशमा गएरै स्वयंसेवा गर्न विज्ञहरु इच्छुक


2114अष्ट्रेलियामा बस्ने विभिन्न क्षेत्रमा विज्ञता हासिल गरिसकेका नेपालीहरुले आवश्यकता परे देशमा गएर स्वयंसेवा गर्न पनि तयार रहेको बताएका छन् । एनआरएन 2अष्ट्रेलिया क्यानबेरा राज्य समितिको आयोजनामा भएको एक दिने कार्यशाला गोष्ठीमा सहभागी विज्ञहरुले यस्तो धारणा राखेका हुन् । संरचनागत ईन्जिनियर, चिकित्सक, सञ्चारविज्ञ लगायतले ९ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत सबै कार्यपत्रमा नेपाललाई कसरी सघाउन सकिन्छ भन्ने विस्तृत चर्चा उनीहरुले गरेका छन् । यी कार्यपत्रको निचोड नेपाल सरकारलाई राजदूतमार्फत पठाउने र नेपालका विभिन्न कार्यान्वयन गर्ने निकायहरुलाई समेत दिने योजना उनीहरुको छ । कार्यक्रमका संयोजक एवं एनआरएन अष्ट्रेलियन क्यापिटल टेरोटेरीका संयोजक एवं आयोजक समितिका संयोजक सीताराम घिमिरेका अनुसार सबै विज्ञहरुले आफ्नो क्षेत्रमा सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । घिमिरेले भन्नुभयो, यहाँ प्रतिष्ठा कमाइसकेका नेपालीहरुले देशको निम्ति केही गर्छु भन्नु वास्तवमै सराहनीय काम हो । यसरी हामी भेला भएको देखेर नेपाल सरकारका पूर्वसचिव माधवप्रसाद घिमिरे छक्क पर्नुभयो । Canberra4 एकै ठाउँमा यस्तो हस्तीहरु भेला भएर देशका लागि केही गर्ने प्रतिबद्धताको उहाँले प्रशंसा गर्नुभएको थियो ।
प्रमुख अतिथि रुद्रकुमार नेपालले आर्थिक रुपमा एनआरएनले गरेको सहयोग सराहनीय त छँदै थियो नीतिगत तहमै सहयोग गर्ने तत्परता अझ प्रशंसायोग्य भएको बताउनुभयो । यसैगरी एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले हरेक वर्ष शिप, दक्षता हस्तान्तरणका लागि गरिने कार्यशाला यस वर्ष अझ महत्वपूर्ण बनेको बताउनुभयो । अघिल्लो वर्ष यस्तै कार्यशालाबाट कार्यक्रमको रुपमा नेपालको कृषि क्षेत्रलाई सहयोग गर्न थालिएको अभियानले सार्थकता पाएको बताउनुभयो । यसवर्ष पनि प्रस्तुत कार्यपत्रलाई योजनाको रुप दिई अघि बढाउन एनआरएन अष्ट्रेलया दत्तचित्त भएर लाग्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा रोकिएको मुटुलाई पुनः अर्को व्यक्तिको शरीरमा प्रत्यारोपण गरेर विश्वमाझ चर्चा कमाउनुभएका प्रतिष्ठित सर्जन डा. कुमुद धितालले गैरआवासीय नेपाली चिकित्सकहरुले कसरी विपदपछिको मानसिक आघातलाई सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । एनआरएनमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने उहाँले बताउनुभएको छ । कार्यक्रमको की नोट स्पी25कर डा. जगदिश तिमल्सिना र डा. राजु अधिकारी हुनुहुन्थ्यो । अन्य कार्यपत्र प्रस्तुतकर्ताहरुमा श्याम घिमिरे (जीयोटेक्निकल एसेस्मेन्ट एण्ड ल्याण्डस्लाईड इन माउन्टेन) डा. किशोर शर्मा र कृष्ण हमाल (विदेशी सहयोग व्यवस्थापन), भरतराज पौडेल (मिडिया रोल इन डिजाष्टर म्यानेजमेन्ट), डा. भीष्म बज्राचार्य (डिजाष्टर स्ट्रक्चरल ईस्यु एण्ड आर्टिकेक्ट अफ न्यू होम), क्वीन्सल्याण्डको सडक विभागमा वरिष्ठ ईन्जिनियरका रुपमा कार्यरत राज कोइरालाले भूकम्पको कारण थिलथिलो बनेको हिमाली सडकको व्यवस्थापनका सम्बन्धमा योजना तयार पारेर प्रस्तुत गर्नुभएको थियो । यस्तै डा. घनश्याम शर्माले भूकम्पको भयपछिको स्वास्थ्य गर्भवती महिलाहरु र उनीहरुले जन्माउने बच्चाको स्वास्थ्यका बारेमा चर्चा गर्नुभएको थियो । डा. होममूर्ति पन्त लगायतको टिमले सबै कार्यपत्रको निचोड अन्त्यमा सरांशकृत गर्नुभएको थियो । कार्यक्रममा एनआरएन सचिव रञ्जु वाग्लेले अध्यक्ष शेष घलेको सन्देश पढेर सुनाउनु22भएको थियो । सन्देशमा घलेले अत्यधिक मात्रामा वैदेशिक रोजगारमा गएका कारण नेपालमा दक्ष जनशक्तिको अभाव भएकोले विदेशमा रहेका विज्ञहरुले तालिम सुरु गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा न्यू साउथवेल्सका अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन संरक्षक ईन्द्रा बन, एनआरएन प्रवक्ता मन केसी, लिबरल फ्रेण्डस अफ नेपालका अध्यक्ष श्री नापित, एनआरएनए क्प्क्ष् उपसंयोजक ज्ञानेन्द्र रेग्मी, एनआरएन अष्ट्रेलियाका सचिव भरत पोखरेल लगायत अष्ट्रेलियाभरीका ७० भन्दा बढी सहभागी हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]