भक्तपुरका भूकम्प पीडितलाई नहेरिएको गुनासो, सरकारसँग कुरा गर्ने प्रचण्डको भनाई, राष्ट्रिय सरकार पहिलो प्राथमिकता होइन


prachandaएकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले भक्तपुरका भूकम्प पीडितलाई उचित राहत र बासको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरको भूकम्पले क्षति पु¥याएका क्षेत्रको अवलोकन गर्दै उहाँले भक्तपुरका भूकम्प पीडितलाई व्यवस्थित गर्न नसकेको गुनासो गर्दै यसबारेमा सरकारसँग कुरा गर्ने उल्लेख गर्नु भयो । उहाँले भक्तपुरको च्यामासिंहदेखि सूर्यमढी, जेला, गोल्मढी, दत्तात्रय, सुकुलढोका हुँदै दरबार क्षेत्रसम्म भूकम्पले क्षति पुगेको घर तथा ऐतिहासिक सम्पदाको अवलोकन गर्नुभएको थियो । अध्यक्ष दाहाललाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले भूकम्पले पु¥याएको क्षति र भूकम्प पीडित सर्वसाधारणको अवस्था, राहत वितरण, पुनःर्वासलगायतका विषयमा जानकारी दिनुभयो ।
एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले अहिले राष्ट्रिय सहमतिको सरकार प्राथमिकताको विषय नभएको बताउनुभएको छ । राष्ट्रिय सहमतिको सरकार बनाएर मुलुकमा देखिएको विपत्को सामना गर्नुपर्ने भन्ने बहस चलिरहेका बेला धुलिखेलमा पत्रकारसँग कुरा गर्दै उहाँले संविधान निर्माणको सुनिश्चितता र भूकम्पबाट भएको क्षतिका बारेमा पुनःनिर्माणको नीति आएपछि मात्रै पार्टीले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा सोच्ने बताउनुभयो । “यो विपत्को सामना गर्ने बलियो उपाय राष्ट्रिय एकता नै हो, त्यसका लागि राजनीतिक पार्टी, कर्मचारी, नागरिक समाज सबै एक ढिक्का हुन जरुरी छ”– अध्यक्ष दाहालले भन्नुभयो । उहाँले भूकम्पपीडितलाई राहत उपलब्ध गराउने विषय नै सबैभन्दा बढी प्राथमिकताको विषय भएको जानकारी दिँदै पीडित समुदायलाई अहिले सबैले सहयोग गर्नु पर्ने खाँचो औँँल्याउनुभयो । यसअघि अध्यक्ष दाहालले अमेरिकी संस्था मेड सेयरले ग्रामीण सामुदायिक विकास सेवा परिषद्लाई उपलब्ध गराएको ६०० कार्टुन औषधि र उपकरण धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा राजेन्द्र कोजुलाई हस्तान्तरण गर्नुभयो । भूकम्पबाट घाइतेको उपचारपछि धुलिखेल अस्पतालमा औषधि तथा उपकरणको अभाव हुन थालेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]