भग्नावशेष हटाउन जुटे पूर्वप्रधानमन्त्री झलनाथ खनाल


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देशमा आइपरेको विपत्तिको सबै मिलेर सामना गर्नुपर्ने बताउनुभएको छ । एमाले स्वयम्सेवक दस्ताले आज मध्यपुरथिमिको बालकुमारी क्षेत्रमा आयोजना गरेको भग्नावशेष हटाइ तथा सरसफाइ कार्यक्रममा सम्बोधन गर्दै उहाँले यो दुःखद् र विपद्को घडीको सबै मिलेर सामना गर्दै नयाँ ढङ्गले समाज निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो– “देशमा जतिसुकै आपत् आए पनि मिलेर जुट्नुपर्छ, सबै एकताबद्ध भएर विपत्तिको व्यवस्थापन गर्नुपर्छ ।” भूकम्पले जहाँजहाँ अप्ठ्यारा, अवरोध ल्याएको छ, संरचना भत्काएर समस्या पारेको छ, ती ठाउँमा युवा स्वयम्सेवक दस्ता पुगेर सरसफाइ गर्ने र सहरलाई सफा गरी पुनःनिर्माणमा युवा जुट्नुपर्ने उहाँले बताउनुभयो । “अब पहिलाभन्दा सुन्दर, सफा र उन्नत सहरको निर्माण गर्नुपर्छ”–उहाँले भन्नुभयो । नेता खनालले भक्तपुर क्षेत्र नं १ र २ मा बसेका एमाले स्वयम्सेवक दस्ताको शिविरको समेत अवलोकन गर्नुभयो । एमालेका वैकल्पिक केन्द्रीय सदस्य एवम् भक्तपुर इन्चार्ज सोम मिश्रले भक्तपुर क्षेत्र नं १ र २ मा ४०० स्वयम्सेवक खटाएर भग्नावशेष हटाउने, सरसफाइ गर्ने र पुनःनिर्माणको गर्ने काममा जुटिएको बताउनुभयो । एमाले मध्यपुरनगर अध्यक्ष मदन श्रेष्ठले एमाले स्वयम्सेवक दस्ताले आज मध्यपुरथिमिको बालकुमारी, चपाचो, दुई पोखरीलगायत क्षेत्रमा भूकम्पले भत्काएको घरको संरचना हटाउने कार्य गरेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]