सकियो ईंगलिस प्रिमियर लिगको यो सिजन, उपाधि चेल्सीलाई


chesea1गएराति भएका लिगका अन्तिम खेलमा लिग लिडर चेल्सी सँगै आर्सनल, म्यान्चेस्टर सिटी, बर्नली, क्रिस्टल प्यालेस, टोटनहम, लेस्टर सिटी, न्यूक्यासल र स्टोक सिटीले आ(आफ्नो खेल जित्दै यो वर्षको लिगको अन्त्य गरेका छन्। यसअघि नै उपाधिमाथि कब्जा जमाइसकेको चेल्सीले अन्तिम खेलमा सण्डरल्याण्डलाई ३–१ ले हराएको हो। यस्तै आर्सनले वैस्ट ब्रुमलाई ४–१, बर्नलीले एस्टन भिल्लालाई १–०, क्रिस्टल प्यालेसले स्वान्सीलाई १–० ले, टोटनहमले इभर्टनलाई १–० ले,लेस्टर सिटीले क्युपिआरलाई ५–१ ले, म्यान्चेस्टर सिटीले साउथहम्टनलाई २–० ले, न्युक्यासलले वैस्टह्यामलाई २–० ले र स्टोक सिटीले आर्सनललाई ६–१ ले पराजित गरेको छ । गएरातिकै खेलमा म्याच्नेस्टर यूनाइटेड र हल सिटीले गोलरहित बराबरी खेले। लिगको समाप्तीसँगै ३८ खेलमा ८७ अंक जोडेको चेल्सीले उपाधि जितेको छ । त्यस्तै समान खेलमा ७९ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो, ७५ अंक जोडेको आर्सनल तेस्रो, ७० अंक जोडेको म्यान्चेस्टर युनाइटेड चौथो, ६४ अंक जोडेको टोटनहम पाँचौ र ६२ अंक जोडेको लिभरपुल छैटौ स्थानमा रहँदै लिगको समापन गरे। यो वर्षको लिगमा हल सिटी, बर्नली र क्युपिआर रेलिगेसनमा परेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]