सिरियामा ईस्लामिक स्टेटको लागि बाटो खुल्ला ?


siriyaवर्षौँसम्मको युद्धबाट कमजोर भएको रिसियाली सरकार रणनीतिक रूपमा महत्वपूर्ण भागको सुरक्षा गरी विद्रोही तथा जिहादीलाई मुलुकको बाँकी बढी भाग उपलब्ध गराइ मुलुकको वास्तविक विभाजन स्वीकार गर्न तयार रहेको विशेषज्ञ तथा कूटनीतिहरूले बताएका छन् । गत साता इस्लामी स्टेट समूहले पलमिरा नगरको केन्द्रलाई नियन्त्रण गर्न खोज्दा सिरियाली सैनिक फिर्ता भएको कुरालाई यसको प्रमाणको रूपमा लिइएको छ । सिरियाली सरकारसँग नजिक रहेको अल–वतन समाचारपत्रका निर्देशक वादाह अब्देद राबोले सिरियाली सेना धेरै जनसङ्ख्या भएको नगरको सुरक्षाको लागि फिर्ता भएको कुरा बुझ्न सकिने बताउनुभयो । उहाँले आतङ्कवादीका दुई राज्य स्थापना गर्न विश्व चाहन्छ वा चाहँदैन भन्ने कुरा निर्णय हुनुपर्ने बताउनुभयो । आईएसले सिरियामा आफ्नो नियन्त्रणमा रहेको भूमिलाई खलिफा घोषणा गरेको छ भने अल–कायदासँग आवद्ध अल–नुस्र फ्रन्टले सिरियाको उत्तरी भागमा अफ्नै इमिरात स्थापना गर्न खोजेको छ । सिरियाली सरकारले राष्ट्रपति बसार अल–असादलाई पदमुक्त गर्न खोज्ने विद्रोहीलाई आतङ्कवादी ठानेको छ । उनीहरूले आईएस तथा अल–नुस्रको उदय विरोधी कट्टरपन्थी भएको प्रमाणको रूपमा लिएको छ । सन् २०११ को मार्चमा शान्तिपूर्ण विरोधपछि सरकारले मुलुकको तीन चौथाईभन्दा बढी भूभाग गुमाएको बेलायतमा केन्द्रीय कार्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उल्लेख गरेको छ । यसो भए पनि सरकारले नियन्त्रणमा लिएको भूमिमा ५० देखि ६० प्रतिशत जनता बसोबास गर्ने फ्रान्सेली भूगोलवेत्ता तथा सिरियाली विशेषज्ञ फाब्रिस बालान्चले बताउनुभयो ।         उहाँले आईएसले नियन्त्रणमा लिएको भूभागमा १० देखि १५ प्रतिशत र अल नुस्रले नियन्त्रणमा लिएको भूभागमा २० देखि २५ प्रतिशत जनता बसोबास गर्ने बताउनुभयो । कुर्द सेनाले नियन्त्रणमा लिएको भूभागमा १० प्रतिशत जनता बसोबास गर्ने बताइएको छ । बलान्चले दमासकसको सरकारसँग सेना तथा जनसङ्ख्याको एक भागको समर्थन रहेको बताउनुभयो । सरकासका नजिकका व्यक्तिहरू सरकार उपयोगी सिरियामा सीमिति हुनुपर्ने बताइरहेका छन् ।  सरकारसँग नजिकका एक सिरियाली राजनीतिज्ञले मुलुकको विभाजन अवश्यमभावी भएको बताए । उनले सरकारले तटीय क्षेत्र, हामा तथा होम्स नगर र दमासकसलाई नियन्त्रणमा लिन चाहेको उल्लेख गरे । उनले आफ्नो परिचय नदिने सर्तमा दमासकस–बेरुत राजमार्ग तथा दमासकस होम्स राजमार्ग, लाताकिया र तार्तस नगर सहितको तटीय क्षेत्र अधिकारीहरूका लागि रातो रेखा भएको बताए । नियमित रूपमा दमासकस गइरहेका एक कूटनीतिज्ञले सरकारी सेना शासन सुरक्षा गर्ने समूह भएको उनले बताए । उनले परिस्थितिबाट सिरियाली अधिकारीहरू डराए पनि उनीहरू इरान तथा रसियाले सरकार पतन हुन नदिने कुरामा विश्वस्त रहेको बताए । केही पर्यवेक्षकहरूले प्रतिरक्षाको यो नीति इरानको सल्लाह भएको विश्वास गरिएको बताएका छन् । इरानले सरकारले आफूले सुरक्षा गर्नसक्ने क्षेत्रलाई नियन्त्रणमा लिनु राम्रो हुने ठानेको उनीहरूले बताएका छन् । रणनीति तथा अन्तर्राष्ट्रिय अध्ययनका लागि अमेरिकी केन्द्रका वरिष्ठ अध्येता अराम नरगुइजियानले कुनै बखत बलियो भएको तीन लाख सिरियाली सेना घट्न थाल्नु पनि यसको कारण भएको बताउनुभयो । हाल सेनामा एक लाख ७५ हजार सैनिक रहेको र सरकारको साथमा लडाकू तथा हेजबोल्लाह तथा अन्य विदेशी लडाकू पनि रहेको देखिएको छ । द्वन्द्व आरम्भ भएपछि हालसम्म दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको र मर्नेमा ६८ हजार सैनिक परेको अब्जरभेटरीले बताएको छ । एडिनबरा विश्वविद्यालयका सिरियाली विशेषज्ञ थोमस पिएरेटले सिरियाली सरकारले आफ्नो अपेक्षा घटाउनुपर्ने र दमासकस, होम्स तथा तटीय क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]