यदि आम भारतीयजस्तै जीवनमा बाँचेका भए सुपरस्टारहरु यस्ता देखिन्थे ?


फोटोशप यस्तो चमत्कारिक सफ्टवेयर हो जसले यसलाई चलाउनेको परिकल्पना अनुसार जसलाई जे पनि बनाइदिन सक्छ । हो, यसका नकारात्मक कुरा पनि होलान् सकारात्मक पनि छन् । केहीले फोटोशपलाई मनोरञ्जनको रुपमा पनि लिने गर्दछन् । यस्तै मनोरञ्जनको रुपमा लिने एक भारतीय ग्राफिक डिजाईनरले बलिउडका सुपरहिट कलाकारहरु यदि आमभारतीय भइदिएको भए कस्ता देखिन्थे त ? यसको झल्को दिने प्रयास गरेका छन् । जसमा तपाईं हेर्न सक्नुहुन्छ सुपरस्टार शाहरुखदेखि, सलमान, आमिर खान र ऋतिक रोशनसम्म । अभिनेत्रीहरुमा पनि सबैजसो यदि साधारण जीवनमा हुन्थे भने कस्ता देखिन्छन् भनेर यहाँ देखाइएको छ । यसबाट लिनुपर्ने शिक्षा चाहीँ के हो भने कोही पनि अद्भूत छैन । सबै सामान्य, साधारण छन् । मात्र यति हो, सुपरस्टारहरुको काम नै आपूmलाई राम्रो देखाउने, अभिनय गर्ने र समाजका सदस्यहरुलाई मनोरञ्जन गराउने हो त्यसैले उनीहरु आफ्नो शरीर मेन्टेन गर्छन्, मेकअप गर्छन् र राम्रो देखिनका लागि खर्च पनि गर्छन् । हाम्रो जीवनमै आधारित तर सपनाजस्तो जीवनको परिकल्पनामा आधारित चलचित्र खेल्छन् । बस ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]