एमाओवादीको पुनः निर्माण अभियान, अध्यक्ष दाहालबाट जस्तापाता वितरण

एकीकृत नेकपा (माओवादी)ले जिल्लाको जनजागृत उच्च माविको भवनको पुनः निर्माण गर्दै एकीकृत पुनः निर्माण अभियान सुरु गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले साँगामा पुनः निर्माणको कार्यको शुभारम्भ गर्दै जनतासँग पार्टी अलग रहन नसक्ने र जनताको दुःखमा आफू र आफ्नो पार्टीसँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले जस्तापाताको व्यवस्था गर्नुपर्ने, पीडित किसानलाई ऋण मिनाहा गर्नुपर्ने र उद्योगीको ऋणमा लाग्ने ब्याज मिनाहा गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सरकारले काम चलाउ गर्ने भन्दा पनि प्रभावकारीरुपमा जनताको सेवामा लाग्नु पर्ने धारणा राख्नु भयो ।