राष्ट्रिय सरकारको नेतृत्व काँग्रेसले नै गर्नुपर्छ : नेता देउवा


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अहिलेको परिस्थितिमा राष्ट्रिय सहमतिको सरकार अपरिहार्य भएको बताउँदै त्यसको नेतृत्व पनि नेपाली काँग्रेसले नै गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रेस युनियन लमजुङले बेसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट उहाँले विपक्षी दललाई पनि सरकारमा आउन आग्रह गर्दै आफूले प्रधानमन्त्रीमा दाबी नगरेका स्पष्ट गर्नुभयो । भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा यहाँ आउनभएका नेता देउवाले भूकम्पका कारण देश मर्माहत भएका बेला राष्ट्रिय सहमतिको सरकार भएमा पीडितको उद्दार, राहत र पुनःनिर्माणको कामले गति लिने भएकाले सबै राजनीतिक दल सम्मिलित सहमतीय सरकार अहिलेको अवश्यकता भएकोे बताउनुभयो । नेता देउवाले स्थानीय निकायमा जनप्रतिनिधि नहँुदा भूकम्पपीडितका लागि राहत वितरणमा बाधा पुगेको भन्दै बिपत्तिका बेलामा सरकारले पनि सही ढङ्गले काम गर्न नसकेको स्वीकार गर्नुभयो । प्राकृतिक विपत्तिमा सबैले पीडित र सरकारकोसमेत साथ दिनुपर्ने भन्दै उहाँले भूकम्पले ध्वस्त पारेका संरचनाको पुनःनिर्माण र पीडितलाई राहत वितरणमा सबै पक्षले हातेमालो गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसद्वारा गठित महाभूकम्प पीडित अनुगमन केन्द्रिय समितिका संयोजकसमेत रहनुभएको नेता देउवाले भूकम्पका कारण लमजुङमा पनि ठूलो क्षति भए पनि लमजुङलाई संकट ग्रस्त जिल्ला घोषणा नगरिएकोमा दुःख प्रकट गर्नुभयो । नेता देउवाले भूकम्पका कारण संविधान निर्माणमा दलबीच सहमतिका लागि सहज वातावरण बनेको भन्दै अब छिट्टै संविधान पनि निर्माण हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]